धादिङ मैदीका राज परियार बलात्कारको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
चैत्र १३, २०७८

धादिङ । एक १५ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीले धादिङ मैदीका राज परियार पक्राउ गरेको छ ।

ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई बत्कारको उजुरी परेपछि भक्तपुर स्थित डेकोचाबाट शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्ने गरेको र उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी गरेको बताईएको छ ।