
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै अहिले पनि गठबन्धन भइरहेको र तीन तहकै चुनावमा हुने बताएका हुन् ।
‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ, ’ उनले भने । चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उनले बताए । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केहि हुँदैन ।’
प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड शुक्रबार मात्रै काठमाडौं फर्किने छन् ।
