
धादिङ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को नयाँ कार्य समितिको लागि चैत ११ गते दुई पदमा मात्रै निर्वाचन हुने भएको छ । सत्ता गठबन्धन नीकट पर्यटन व्यवसायीहरुले प्यानल बनाएर उम्मेदवारी दिएपछि अध्यक्ष र कोषाध्यक्ष पदका लागि मात्रै चुनाव हुने भएको हो ।
सत्ता ठबन्धनबाट अन्य सबै पदमा उम्मेदवार परे पनि अन्य प्रतिस्पर्धीको उम्मेदवारी नपरेपछि अध्यक्ष र कोषाध्यक्ष बाहेकमा सत्ता गठबन्धन दल निकटका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
अब निर्वाचन हुने दुई पदका लागि गठबन्धन दल निकटबाट अध्यक्षमा धादिङका गोपाल थापा र कोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेदवारी दिएका छन् भने गठबन्धन बाहिरबाट अध्यक्षमा जस्फा पाण्डे र कोषाध्यक्षमा गौरी उप्रेतीले उम्मेदवारी दिएका छन् ।
राजनितिक ठेकेदारी विरुद्ध हिम्मतका साथ अध्यक्ष पदमा आफू जस्फा पान्डे र कोषाध्यक्ष पदमा गौरी उप्रेतीले उम्मेदवारी दिएको धादिङपोष्टलाई बताईन् ।
भिटोफमा निर्विरोध निर्वाचित हुने सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीहरु
प्रथम उपाध्यक्ष: तारालाल धरेल, धादिङ
दितिय उपाध्यक्ष: नवराज थापा, धादिङ
महासचिव: निशेष थापा थापा, धादिङ
सचिव: दिपक पाण्डे गोरखा
सह कोषाध्यक्ष: मनहरी दाहाल
सदस्यहरु:
सृष्टी भण्डारी कास्की
सागर आचार्य सर्लाही
हरिबहादुर बस्नेत धादिङ
सैलेस लामिछाने रसुवा
