
धादिङ । नेपाली कांग्रेस धादिङको आज बसेको जिल्ला कार्य समितिको वैठकले जिल्ला कोषाध्यक्षमा रामप्रसाद अधिकारी चयन गरेको छ ।
कोषाध्यक्ष पदका लागि रामप्रसाद अधिकारीलाई चयन गर्न जिल्ला सभापति रामनाथ अधिकारीले प्रस्ताव गरे सँगै बैठकले आज अनुमोदन गरेको होे ।
सभापति, उप सभापति, सचिव र सह सचिव प्रत्यक्ष निर्वाचनबाट आउने भएपनि काँग्रेसको विधान अनुरुप कार्य समितिको सदस्यबाट जिल्ला सभापतिको प्रस्तावमा कार्य समितिले कोषाध्यक्ष बनाउने प्रवाधान अनुरुप रामप्रसाद अधिकारीलाई वैठकले कोषध्यक्ष चयन गरेको हो ।
