माओवादी केन्द्र धादिङको, क्रिक रिसोर्ट बैठकमा कस्ले के बोले

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७८

धादिङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धादिङको जिल्ला समन्वय समितीद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रम धादिङको होटेल क्रिक रिसोर्टमा सम्पन्न भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठ, विशेष अतिथी धादिङ जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल, संविधान सभा सदस्य पुष्पविक्रम मल्ल, पुर्व विज्ञान तथा प्रविधि मन्त्री एवम केन्द्रिय सदस्य कल्पना धमला, प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका संयोजक जगत सिम्खडा, बागमति प्रदेश अध्यक्ष सरल सहायत्री पौडेल, धादिङ जिल्लाका नेता राम बहादुर भण्डारी लगायत नेताहरुले प्रशिक्षण दिएका थिए ।

नेता बिष्णु पुकार श्रेष्ठले सबै नेता तथा कार्यकर्ताहरुले आत्मा समिक्षा गर्दै नेकपा माओवादी केन्द्र भित्रको सकारात्मक र नकारात्मक कुराहरु बारे प्रष्ट हुनुपर्ने बताएका थिए । चुनाव एउटा महात्वपुर्ण आन्दोलन हो, यो आन्दोलन माओवादीले जित्नै पर्छ । अरु सबैकुरा छाडौं अब चुनाव केन्द्रित बनौं श्रेष्ठले आग्रह गरे ।

नेता पुष्प विक्रम मल्लले विपक्षी पार्टीको कमजोरीलाई केलाउदै चुनावमा जाँदा त्यसको फाइदा उठाउन सकिने बताउँदै माओवादी केन्द्र भन्दा राम्रो अरु कोही नभएको सन्देश लिएर जनाताकोमा जान आग्रह गरे ।

कार्यक्रममा बोल्दै मन्त्री तथा जिल्ला इन्चार्ज जमकट्टेलले अब जिल्ला पार्टी चुनाव केन्द्रित हुने र चुनावको तयारी स्वरुप टोल समिती गठन, सेल कमिटी गठन, मत सर्बेक्षण अनि पार्टी भित्रको गुट उपगुठको अन्त्य गरिने बताएका थिए । त्यसैगरि मन्त्री तथा केन्द्रिय सदस्य कल्पना धमलाले पार्टी भित्रको असन्तुलानलाई र असन्तुष्टिलाई बन्द गरि अब पार्टीका हरेक कार्यकर्ता चुनाव प्रचारमा लाग्न जोड दिईन् ।

त्यस्तै जिउँदो सहिद नामले परिचित धादिङका नेता राम बहादुर भण्डारीले आफूलाई केन्द्रिय लेखा समिती सदस्यको जिम्मेवारी दिईएको खवर आएको र आफूलाई लेखा सम्बन्धि केही जानकारी नभएकोले उक्त पद फिर्ता लैजना बागमति प्रदेश अध्यक्ष र केन्द्रिय सदस्यहरुलाई आग्रह गरेका थिए । जन संघर्षमा लागेका मान्छे भन्दा धन भएको मान्छे पदमा र ठाउमा पुग्ने रिति बसेको भन्दै यसले पार्टीलाई गति नदिने भण्डारीले बताएका थिए ।

त्यसै गरि बागमती प्रदेश अध्यक्ष सरल सहायत्रीले मार्क्सवादको उदाहरण दिँदै पार्टीले एमसीसीको विषयमा सुझबुज ढंगले निर्णय गरेको बताएका थिए । प्रदेश संसाद जगत सिम्खडाले माओवादी केन्द्र पार्टी सुरुको दिन देखि नै जनताको पक्षमा रहेर काम गरिरहेको जनता कै लागी लडिरहेको विकास प्रेमी पार्टी रहेकोले जनताकोमा जान सहज रहेको बताएका थिए ।

उक्त प्रशिक्षण तथा वैठकमा जिल्लाका १३ वटा कै स्थानीय निकायका पार्टी पदाधिकारीहरु जिल्ला समन्वय समिती र प्रदेश सदस्य जवस मोर्चाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।