
धादिङ । धादिङमा विस्तारै चुनावीका लागि राजनीतिक महौल बढ्दै जान थालेका छन् । चुनावलाई केन्द्रित गर्दै धादिङबेसीमा माओवादी केन्द्र र कांग्रसेले कार्यकर्ता प्रशिक्षण चलाएका छन् ।
माओवादी केन्द्रको सिरानबजार स्थित क्रिक रिसोर्टमा आज जिल्ला समन्वयको वैठक तथा प्रशिक्षण चलि रहेको छ भने बीचबजार स्थित आर. के. ब्याङक्वेटमा कांग्रेसको प्रशिक्षण चलि रहेको छ ।
चुनावका लागि जनताको कसरी जाने, कसरी आफ्नो पक्ष्यमा जनताको भोट ल्याउने यहि तयारी स्वरुप कार्यकर्ता प्रशिक्षणको आयोजना गरिएको नेताहरुले बताएका छन् ।
