
धादिङ । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको बैठक धादिङबेसीमा शनिबार सम्पन्न भएकाे छ ।
जिल्ला अध्यक्ष खिल वहादुर धमलाकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र धादिङका पार्टी सचिव दिपक लामिछाने ” सुबाेध ” काे प्रमुख आतिथ्यतामा भएकाे उक्त वैठकमा, बागमती प्रदेशका अध्यक्ष शंकर अधिकारीकाे विशेष आतिथ्यता, नगरपालिका तथा गाउँपालिका अध्यक्षहरुकाे समेत उपस्थित रहेकाे थियाे ।
बैठकमा उठाईएका विषयहरु
धादिङको बैठकले लेविलाई नियमित गर्ने , सदस्यता नविकरण गर्ने , नेपाल सरकार शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासङघ वीच सम्झाैता गरिएको ५१ बुदे अल्पकालीन र दीर्घकालीन शैक्षिक निर्णयहरु कार्यान्वयन, तत्काल धादिङमा शिक्षक महासङघ गठन, साविककाे उमावि समस्या समाधान, राहात, वालविकास, विध्यालय कर्मचारी समस्या, कार्यालय सहयोगी समस्या समाधान, सरुवा, वढुवा, राज्यले जथाभावी ढङगले सृजना गरेकाे १८ थरिका शिक्षकहरु, करार, अस्थायी, अनुदान, सवालमा तत्काल प्रक्रियामा लगेर स्थायी समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय गरेकाे बताईएकाे छ ।
