
धादिङ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै फागुन २१ गते शनिबार धादिङबेसी देखि सल्यानटार सम्म प्रशारण लाईन आसपासका रुख काट्नु पर्ने भएकोले धादिङका विभिन्न ठाउँहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
सूचनामा भनिएको छ, फागुन २१ गते बिहान ८ बजे देखि साँझ ५ बजे सम्म धादिङबेसी जहरे र सल्यानटार सवस्टेशनका सम्पूर्ण फिडरहरु सटडाउनमा राखि काम गर्नु पर्ने हुँदा नलिकण्ठ नगरपालिका सहित विभिन्न ठाउँमा वद्युत सेवा अवरुद्ध हुने छ ।
शनीबार सटडाउन हुने अन्य ठाउँहरुमा त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती डवजोङ, ज्वालमुखी, सिद्धलेक, बेनीघाट रोराङ, गजुरी, गल्छी, थाक्रे र आरुघाट गाउँपालिका रहेको प्राधिकरणले जनाएको छ ।
