फुलखर्कमा सडक खन्ने क्रममा डाेजर पुरिदा चालककाे मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०७८

धादिङ । धादिङको रुबिभ्यलिमा जाेडर पहिराेमा पुरिदा भएकाे मानविय क्षेति सेलाउन नपाउँदै आज गंगाजमुना गाउँपालिकामा यस्तै घटना घट्दा एक जनाकाे मृत्यु भएकाे छ ।

आज बिहान गङगजमुना गा.पा. ५, फुलखर्क स्थित सुकुभन्ज्यङ मराउठी माजुवाबेसी सडक खाने क्रममा माथी बाट ठुलो रुखको जरा सहित ढुंगा माटाे आएर डाेजर पुरिदा सर्लाही घर भएक डाेजर चालक रोशन चौधरीको घाटना स्थानमै मृत्युु भएको प्रहरीले जनाएकाे छ ।

मृतक रोशन चौधरीको घरमा श्रीमती र एउटा छोरा रहेको रोशन चौधरीको साथी रुबेन घाले बताए । पुरिएकाे टाटा हिटाजि डाेजर धादिङ कन्स्ट्रक्सन दीपेन्द्र बुडाथाेकिको नाममा रहेको बताईएकाे छ ।