धादिङको मतदाता संख्या २७३१९३ (कुन पालिकामा कति)

Avatar photo
Dhadingpost
फाल्गुन १, २०७८

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङ दिएको जानकारी अनुसार २०७८ माघ २४ गते सम्म धादिङ जिल्लामा २ लाख ७३ हजार १९३ जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय तहको मिति घोषणा गरे सँगै माघ २४ गतेबाट मतदाता नामावली संकलन गर्न बन्द गरेको छ । यहि मितिमा अन्यत्र जिल्लामा लिईएका धादिङका मतदाताहरुको विवरण यो संख्यामा थप हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

यो मतदाता नामावलीमा १६ वर्ष उमेर समुह समेत रहेको र बैशाख २९ गते सम्म १८ वर्ष पुग्ने मतदाताले मात्रै मतदान गर्न पाउने समेत आयोगले जनाएको छ । धादिङमा सबैभन्दा धेरै मतदाता नीललकण्ठ नगरपालिकामा २२,५५६ महिला र २२,१६७ पुरुष गरी ४४,७२३ जना रहेका छन् भने सबै भन्दा कम मतदाता रुवीभ्याली गाउँपालिकामा ४,२९२ महिला र ४,५८६ पुरुष गरि ८,८७८ जना छन् ।

धादिङमा आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो।यसैगरी आयोगले गत मंसिर १७ देखि पुस ८ गतेसम्म जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन कार्यक्रममा सञ्चालन गरेको थियो । धादिङमा दर्ता भएको मतदाता नामावली दर्ता विवरण निर्वाचन आयोग पठाइएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार बताए ।