धादिङमा प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्था

Avatar photo
Dhadingpost
माघ २७, २०७८

धादिङ । धादिङ जिल्लाका विभिन्न १३ स्थनीय तहमा आर्थिक वर्ष २०७८।०७९ का ६ हजार सात सय ३२ परिवारका तीन हजार एक सय ५९ महिला सहित सात हजार ७२ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएकाछन् ।

सचिकृत मध्ये एक हजार नौ सय नै जनाले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा एक सय दिनको रोजगार पाउने छन् । चालु आवमा जिल्लाकै विकट गाँउपालिका रुपमा परिचत हिमाली क्षेत्रमा पर्ने रुवीभ्याली गाँउपालिकाका लागि प्रधानमन्त्री रोगजार कार्यक्रम शुन्य भएको छ ।

रुवीभ्याली गाँउपालिकाका १५ परिवारका १० जना महिलासहित १६ जना कार्यक्रममा सुचिकृत भएका थिए । खनियावास गाँउपालिकाका एक सय परिवारका ५८ जना महिला सहित एक सय एक जना सुचिकृत भएकोमा ७२ जनाले रोजगार पाउने भएकाछन् ।

गंगाजमूना गाँउपालिकाका नौ सय १९ परिवारका तीन सय २० महिलासहित नौ सय २१ जना सुचिकृत भएकोमा दुई सय १७ जनाले रोजगार पाँृन्े भएकाछन् । त्रिपुरासुन्दरी गाँउपालिकाका सात सय ९२ परिवाका तीन सय ५८ महिलासहित सात सय ९२ जना सुचिकृत भएकोमा दुई सय जनाले रनेगार पाउने भएकाछन् ।

यसैगरी नेत्रावती दब्जोङ गाँउपालिकाका सात सय १२ परिवारका तीन सय महिला नौ सहित सात सय १३ जना सुचिकृत भएकोमा एक सय पचासी जनाले रोजगारी पाउने भएकाछन् । नीलकण्ठ नगरपालिकाका चार सय छ परिवारका एक सय ५२ महिलासहित चार सय ३५ जना सुचिकृत भएकोमा एक सय ३४ जनाले रोजगारी पाउने भएकाछन् ।

ज्वालामुखी गाँउपालिकाका एक हजार चार सय ७८ परिवारका आठ सय ५४ महिलासहित एक हजार छ सय ६७ जना सुचिकृत भएकोमा तीन सय ६५ जनाले रोजगारी पाउने भएको छन ।

यसैगरी सिद्धलेक गाँउपालिकाका ९० परिवारका ७२ जना महिलासहित ९९ जना सुचिकृत भएकोमा ७२ जनाले रोगारी पााउने भएकाछन् । बेनीघाट रोराङ गाँउपालिकाका तीन सय २१ परिवारका एक सय ४० महिलासहित तीन सय २१ जना सुचिकृत भएकोमा एक सय १३ जनाले रोजगारी पाृने भएकाछन् ।

गजुरी गाँउपालिकाका तीन सय सात परिवारका दुई सय २३ जना महिलासहित तीन सय ४४ जना सुचिकृत भएकोमा एक सय १७ जनाले रोजगारी पाँउने भएकाछन् । यसैगरी गल्छी गाँउपालिकाका एक हजार २२ परिवारका चार सय चार महिलासहित एक हजार ३९ जना सुचिकृत भएकोमा दुई सय ४५ जनाले रोजगारी पाउने भएकाछन् ।

थाक्रे गाँउपालिकाका पाच सय ३४ परिवारका दुई सय ३५ महिलासहित पाँच सय ६६ जना सुचिकृत भएकोमा एक सय ५६ जनाले रोजगारी पाउने भएकाछन् । धुनीवेसी नगरपालिकाका ३६ परिवारका २४ जना महिलासहित ३७ जना सुचिकृत भएकोमा ३३ जनाले रोजगारी पाँएने भएकाछन् ।

गत आवमा तीन हजार नौ सय ६६ जना महिलासहित नौ हजार सात सय २६ जना सुचिकृत भएकोमा दुई हजार चार सय ४२ जनाले एक सय दिनको रोजगारी भएका थिए । रुवीभ्याली गाँउपालिकाका एक हजार चार सय ७६ जना सुचिकृत भएका मध्ये तीन सय चार जनाले रोजगारी पाएका थिए ।

रोजगारीमा संलग हुनेले १८ वटा आयोजनामा २५ हजार दुई सय छ दिन काम गरेका थिए । खनियावास गाँउपालिकाका तीन सय ९५ जना सुचिकृत भएका मध्ये एक सय दुई जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले नौ वटा आयोजनामा छ हजार दुई सय ४२ दिन काम गरेका थिए । गंगाजमूना गाँउपालिकाका नौ सय १४ जना सुचिकृत भएका मध्ये दुई सय ८९ जनाले रोजगारी पाएका थिए ।

रोजगारीमा संलग्न हुनेले ३६ वटा आयोजनामा २२ हजार चार सय ५५ दिन काम गरेका थिए । त्रिपुरासुन्दरी गाँउपालिकाका एक हजार ६८ जना सुचिकृत भएका मध्ये एक सय ९१ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले ६४ वटा आयोजनामा १४ हजार दुई सय २४ दिन काम गरेका थिए । नेत्रावती दब्जोङ गाँउपालिकाका सात सय ४६ जना सुचिकृत भएका मध्ये तीन सय ४६ जनाले रोजगारी पाएका थिए ।

रोजगारीमा संलग्न हुनेले ६० वटा आयोजनामा पाँच हजार दुई सय ७० दिन काम गरेका थिए । नीलकण्ठ नगरपालिकाका चार सय ६८ जना सुचिकृत भएका मध्ये एक सय ५५ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले नौ वटा आयोजनामा आठ हजार एक सय ६० दिन काम गरेका थिए । ज्वालामुखी गाँउपालिकाका एक हजार चार सय ९६ जना सुचिकृत भएका मध्ये दुई सय ७९ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले ४० वटा आयोजनामा १६ हजार चार सय ७४ दिन काम गरेका थिए ।

यसैगरी सिद्धलेक गाँउपालिकाका एक सय ९७ जना सुचिकृत भएका मध्ये ७५ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले छ वटा आयोजनामा छ हजार आठ सय २६ दिन काम गरेका थिए । बेनीघाट रोराङ गाँउपालिकाका तीन सय ६४ जना सुचिकृत भएका मध्ये एक सय ४१ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले १० वटा आयोजनामा १३ हजार नौ सय ५६ दिन काम गरेका थिए ।

गजुरी गाँउपालिकाका पाँच सय ५५ जना सुचिकृत भएका मध्ये एक सय ६३ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले २५ वटा आयोजनामा १५ हजार आठ सय ९३ दिन काम गरेका थिए । गल्छी गाँउपालिकाका नौ सय ३३ जना सुचिकृत भएका मध्ये ९३ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले १५ वटा आयोजनामा नौ हजार एक सय २२ दिन काम गरेका थिए ।

थाक्रे गाँउपालिकाका छ सय ८१ जना सुचिकृत भएका मध्ये एक सय ४२ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले २२ वटा आयोजनामा ११ हजार चार सय ५३ दिन काम गरेका थिए । धुनीवेशी नगरपालिका गाँउपालिकाका चार सय ३३ जना सुचिकृत भएका मध्ये एक सय ६२ जनाले रोजगारी पाएका थिए । रोजगारीमा संलग्न हुनेले २१ वटा आयोजनामा १५ हजार पाँच सय ५७ दिन काम गरेका थिए ।

रोजगार सेवा केन्द्रले कार्यपालिकाको निर्णय अनुसार काम गर्ने गजुरी गाँउपालिकाका रोजगार संयोजक सन्तोष सापकोटाले बताए । खासगरी सार्वजानिक निमार्ण तथा विकासमा काम गर्ने भएकाले गाँउपालिकाले पर्यटकीय पदमार्ग, सडकको नाली निमार्ण र सिंचाई कुलो बनाउने आयोजनाहरुको छनौट गरेको सापकोटाले बताए ।

रोजगार सेवा केन्द्रमा आवेदन गर्नेहरु सवैले रोजगार पाँउनेमा सुचिकृत भएपछि सुचिकृत हुनेको संख्या घट्ने क्रममा रहेको छ । चालु आवमा जिल्ला दर रेट र मन्त्रालय तथा कार्यक्रमले निर्धारण गरेको पाँच सय ७७ रुपयाँको ८० प्रतिशत जुन धेरै हुन्छ, त्यो नै रोगजारीमा संलग्न हुनेले पाँउने व्यवस्था अनुसार धादिङको हकमा चालु आवमा छ सय रुपयाँ पारिश्रमिक पाउने छन् । तस्वीरः सन्ताेष सापकाेटा