
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ढोला स्थित लिङगेढुङ्गा पोखरीपानीमा जारी पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ ।
सिर्जनशिल कालिका युवा समाज ढोला पोखरीपानी ज्वालामुखीले आयोजना गरेको यस प्रतियोगितामा साविकका गाविसहरु मैदी, ढोला, खरी र चैनपुरबाट १२ टिमले सहभागिता जनाएका छन् ।
क्वाटर फार्ईनल चरणका सबै खेल सकिएका सँगै हिजो भएको पहिलो सेमीफाईनल खेलमा लगनशिल युवा क्लवलाई पराजित गर्दै सीवाईसी छापथोक मैदी फाईनल पुगेको छ । अर्को सेमीफाईनल आज विहान सिर्जनशिल कालिका युवा समाज र सनराईज युथ क्लब बीच हुनेछ । यी दुई टिम मध्य विजेता र सीवाईसी छापथोक सँग फाईनल खेल्ने छ भने हार्ने टिम तृतिय स्थानको लागि लगनशिल युवा क्लव खेल्ने राजन दुवाडीले धादिङपोष्टलाई बताए ।
माघ २३ गते देखिबाट सुरुभएको यस प्रतियोगितामा १२ टिम सहभागि थिए । दुई समुह बनाएर खेलाईएको यस प्रतियोगिताको जसमा समुह ए मा तामसालिङ युथ क्लव, सृजनशिल कालिका युवा क्लव बी, मैदी युनाईटेड, लगनशिल युवा क्लव, सीवाईसी छापथोक, धुसेनी सविस र समुह बीमा एमएमसी युवा क्लव, सहारा फुटबल क्लव, सनराईज फुटबल क्लव, ब्राईट पुर्सु फुटबल क्लव, सृजनशिल कालिका युवा क्लव ए, एकता खेलकुद क्लव खेलेका थिए ।
यस प्रतियोगिताका विजयी हुनेले प्रथम पुरस्कार ३५ हजार, दितिय पुरस्कार २० हजार र तृतिय पुरस्कार १० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र आजै प्रदान गरिने आयोजकले जनाएको छ ।
