
हेटौंडा । टौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १५४ जना पत्रकारहरुको ५ लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिदिएको छ ।
पाँच लाख रुपैयाँको दुर्घटना बीमाका लागि तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँको चेक मेयर हरिबहादुर महतले महासंघ मकवानपुर शाखालाई हस्तान्तरण गरेका गरेका छन् ।
यस्तै हेटौंडा उपमहानगरपालिकाले पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषलाई पनि ५ लाख सहयोग गरेको छ ।
मकवानपुर शाखाले ज्येष्ठ पत्रकार नवराज शर्मालाई गतवर्ष पेन्सन कोष स्थापना गरेर पेन्सन स्वरुप मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ । पेन्सन कोषका लागि उपमहानगरपालिकाले अघिल्लो वर्ष दश लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त रकमको ब्याजबाट पेन्सन उपलब्ध गराएको हो ।
