
धादिङ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ ९ गते देखि अत्यावश्यक सेवा भन्दा अन्य सेवा बन्द गरेको जिल्ला प्रशासन धादिङले अब बार अनुसार पालिकाबाट आउने सेवाग्राही सेवा दिने सूचना जारी गरेको छ ।
जिल्लाको रुबीभ्यालीबाट आउने सेवाग्रहीको कार्यालय खुल्ने सबै बार काम हुने जिल्ला प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ भने अन्या पालिकाको हकमा बार अनुसार आलो पालोमा सेवा प्रवाह गरिने जनाएको छ ।
यस्तो छ आलो पालो सेवा प्रवाह
१. आईतबार- धुनीबेसी र थाक्रेका सेवाग्राहीको काम हुने
२. सोमबार- गल्छी र गजुरीका सेवाग्राहीको काम हुने
३. मंगलबार- नीलकण्ठ र गंगाजमुनाका सेवाग्राहीको काम हुने
४. बुधबार- त्रीपुरासुन्दरी र बेनीघाट रोराङका सेवाग्राहीको काम हुने
५. बिहिबार- खनियाबास र नेत्रावती डब्जोङका सेवाग्राहीको काम हुने
६. शुक्रबार- ज्वालामुखी र सिद्धलेकका सेवाग्राहीको काम हुने
७. रुबीभ्यालीको कार्यालय खुल्ने सबैबार सेवाग्राहीको काम हुने

