कटुन्जेमा प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण

Avatar photo
Dhadingpost
माघ ११, २०७८

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका स्थित कटुन्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण गरिएकोछ ।

पहिलो कवि सुवान्दको बारे नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा डाक्टर नवीनबन्धु पहाडीको खोजले सुवानन्दको जन्म धादिङ कटुञ्जेमा भएको पुष्टि भएपछि सो विषयको भ्रम हटेको थियो । यस्ता व्यक्तित्वको सम्मान आवश्यक भएकाले प्रतिमा अनावरण गरिएको गाउँपालिका प्रमुख दुर्ग कुमार शाक्य शाक्यले बताए ।

गाउँपालिकाको रु ५ लाख लागतमा बनेको उनको अर्धकदको प्रतिमा सङ्घीय सांसद खेम प्रसाद लोहनी पालिका अध्यक्ष दुर्ग कुमार शाक्य तथा अनुसन्धाता डाक्टर नवीनवन्धु पहाडीले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

सो समारोहमा गाउँपालिकाको एतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा अनुसन्धाता तथा लेखक राजु भट्ट, महेन्द्र उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

वि. सं. १८२५ तिर उनले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ । जुन कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए । तर उनको जन्म कहाँ र कहिले भएको थियो भन्ने अन्योल कायम थियो । पछि डाक्टर नवीनबन्धु पहाडीको खोजले सुवानन्दको जन्म धादिङ कटुञ्जेमा भएको पुष्टि भएको थियो ।