बेनिघाट रोराङकाे राष्ट्रिय माविमा अभिमुखिकरण

Avatar photo
Dhadingpost
पुस २७, २०७८

धादिङ । राष्ट्रिय माध्यमिक बिद्यालय बेनिघाटरोराङ वडा नं १० खोरभज्याङमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुको सिकाई उपलब्धि बृदि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बेनिघाटरोराङ गाउँपालिका वडा नं १० का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर गुरुङको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको राष्ट्रिय माध्यमिक बिद्यालय संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेट बारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईराला तथा कार्यक्रम संयोजक सुमन ज्ञवाली तथा चाइल्ड फण्ड जापानको संथागत जानकारी कार्यक्रम व्यवस्थापक बिर कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुको साथै गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षा कोठा र बालबालिकालाई अवस्थामामा सुधार गर्दै सिकाई उपलब्धि बृद्धिमा बढी जोड दिनुपर्ने र दिगो विकासको लागि शिक्षा नै जग भएकोले गुणस्तरीय शिक्षा अत्यावश्यक रहेको चाईल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि लगनशील भएर लागि परिरहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न बिद्यालय पुर्ण रुपमा लागि पर्ने राष्ट्रिय मा बि का सहायक प्रधानाध्यापक गणेश अर्यालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बेनिघाटरोराङ गा पा वडा नं १० का वडाध्यक्ष अमर बहादुर गुरूङ ले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा तथा बिद्यालयको समन्वयमा गर्न लागिएको परियोजना देखी एकदम खुसी भएको र कार्यक्रम रहूँजेल बिद्यालय र स्थानीय तहबाट सक्दो सहयोग र साथ सधै प्रदान रहने बताएका थिए ।

राष्ट्रिय माध्यमिक बिद्यालय खोरभज्याङका बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक र शिक्षकहरु, चाईल्ड फण्ड जापानका कार्यक्रम निर्देशक बिमल भेटवाल, कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठ, अधिकृत श्रीकान्त लुईटेल, प्रयास नेपाल धादिङका सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाका कर्मचारीहरु लगायत २५ जनाको उपस्थिति रहेको खोरभज्याङबाट प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिए ।