खरीमा घटना: कानमा तातो पन्युले हान्ने सुब्बा सार्की पक्राउ घाईते अस्पतालमा

Avatar photo
Dhadingpost
पुस २६, २०७८

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ छापछोकमा आज विहान पाईप गाँस्न तताएको पन्यूँले कानमा हान्दा स्थानीय होमबहादुर अधिकारी घाईते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

अहिले होसमा आएपनि घटना हुँदा बेहोस भएको, निरन्तर वान्दा भईरहेको र कान चिरीएको मात्रै नभएर भित्र समेत असर परेको हुन सक्ने भएकोले घाईते अधिकारीलाई थप उपचारको लागि रिफर गरिएको बताईएको छ ।

विवाद भएपछि पाईप गाँस्न तताएको पन्यूले स्थानीय सुब्बा सार्कीले होम बहादुर अधिकारीको कान चिरिने गरि हानेको प्रहरीले जनाएको छ । सुब्बा सार्कीलाई नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।