एमाले धादिङको अधिबेशन आज, ७०१ प्रतिनिधि सहभागी हुने

Avatar photo
Dhadingpost
पुस २३, २०७८

धादिङ । नेकपा एमाले धादिङकाे ८ औं जिल्ला अधिवेशन अाज (शुक्रबार ) धादिङबेसी पुछारबजार स्थित मदन -अाश्रित स्मृति हलमा हुने जनाईएकाे छ ।

अधिवेशनमा आयोजक कमिटीबाट ६९, १३ वटा स्थानिय तहबाट ५४५, सल्लाहार परिषदबाट १५, जनवर्गिय संगठनहरुबाट ३९ जना र मनोनित प्रतिनिधि समेत गरी ७ सय १ जना प्रतिनिधि सहभागी हुने एमाले धादिङले जनाएकाे छ ।

अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित एक तिहाई महिला सहभागिता र समावेशीलाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने अध्यक्ष भुमि त्रिपाठीले बताए । सकभर सहमतिमै नेतृत्व टुङ्याउन पयत्न गरिने तर सहमति नजुटे चुनावी प्रक्रियाबाट नेतृत्व टुङ्याउने त्रिपाठीको भनाई छ ।