एमाले धादिङको अधिवेशनका लागि सबै पालिकाले प्रतिनीधि तोके (विवरण समेत)

Avatar photo
Dhadingpost
पुस १८, २०७८

धादिङ । नेकपा एमाले धादिङको जिल्ला अधिवेशन पुस २३ गते हुँदैछ । उक्त अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहहरुले प्रतिनीधि छनोट गरेका छन् । धादिङको रुबीभ्यालीबाट सबै भन्दा कम ३ जना प्रतिनीधि छनोट भएका छन् भने सबैभन्दा धेरै प्रतिनीधि ज्वालामुखीबाट ८३ जना छनोट भएर आएका छन् ।

२ हजार ८६० जना महिला सहित १३ हजार ००७ जना पार्टी सदस्य रहेको एमाले धादिङको जिल्ला अधिवेशनका लागि स्थानीयतहबाट ५४५ जना प्रतिनीधिहरु छनोट भई सकेका छन् अरु छनोटको प्रक्रियामा रहेको राधिका सापकोटाले बताईन् ।

सापकोटाका अनुसार अधिबेशनमा सात सयको हाराहारीमा प्रतिनीधिहरु सहभागि हुनेछन् । अधिवेशनबाट ११० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

कुन पालिकाबाट कति प्रतिनीधि छनोट भए ?
१. धुनीबेसीबाट २६ जना
२. थाक्रे ६७ जना
३. गल्छी ३८ जना
४. गजुरी ५० जना
५. बेनीघाट रोराङ ३५ जना
६. सिद्धलेक ५७ जना
७. त्रिपुरासुन्दरी ३८ जना
८. गंगाजमुना ७२ जना
९. खनियाबास ११ जना
१०. रुबीभ्याली ३ जना
११. ज्वालामुखी ८३ जना
१२. नेत्रावती डवजोङ १४ जना
१३. नीलकण्ठ ५१ जना