जिल्ला प्रशासन धादिङको विज्ञप्ती, चिसोबाट जोगिन आग्रह

Avatar photo
Dhadingpost
पुस १४, २०७८

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले पौष १३ गते राति देखि नै हिँउदे झरी परिरहेको छ । यसबाट जिल्लाको उत्तरी क्षेत्रमा हिमपात हुने तथा दक्षिणी महाभारत लेक क्षेत्रमा अत्याधिक चिसो बढ्ने अवस्थाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पौष ५ गते सम्पन्न जिल्ला विपद व्यवस्थापन समितिको बृहत बैठकमा सरोकारवालाहरुले यस विपदकालीन अवस्थाबाट स्थानिय बासिन्दाहरु तथा तिनका पशुपंक्षी, जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएका श्रोत साधनहरुको उद्धार तथा संरक्षण गर्न आ आफनो तर्फबाट प्रतिबद्ध जाहेर भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिबद्धता अनुसार स्थानीय तहहरु तथा सम्बद्ध सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट हिमपात तथा अत्याधिक चिसोबाट आर्थिक सामाजिक रुपले विपन्न र जोखिममा रहेका व्यक्ति तथा समुदायका मानिसहरुलाई उद्धार तथा संरक्षण गर्न आवश्यक पर्ने न्यानो कपडा, खाद्यन्न औषधि तथा नियमपुर्वक संकलित दाउराहरु लगायतका सामाग्रीहरुको व्यवस्थापन गरी सम्बन्धित स्थानिय तहहरुको स्वीकृति तथा उपस्थितिमा न्यायोचित तथा प्रचलित कार्यविधि सम्मत ढंगबाट वितरण गराउन समेत जिल्ला प्रशासनले विज्ञप्तीमा उल्लेख गरेको छ ।