
धादिङ । नेकपा एमालेको केन्द्रिय समितिले धादिङ जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य खेम लोहनीलाई तोकेको छ । यस्तै सह इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य जानुका सिंखडालाई धादिङको सह इन्चार्जको जिम्मेवारी दिएको बताईएको छ ।
नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनबाट धादिङका लोहनी र सिंखडा दुई जना केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । बैठकले निर्वाचित केन्द्रिय सदस्यहरुको जिम्मेवारी ठोस गर्ने क्रममा उनीहरुलाई धादिङको जिम्मेवारी दिईएको बताईएको छ ।
अध्यक्ष ओलीले दसौं राष्ट्रिय महाधिवेशन बन्दसत्रमा ३०१ जनाको नाम प्रस्ताव गर्दा धादिङका खेम प्रसाद लोहनी र जानुका सिंखडा परेका थिए । धादिङका लोहनी बागमती प्रदेशबाट र महिला खुल्ला तर्फबाट जानुका सिंखडा केन्द्रिय सदस्यमा परेका हुन् ।
