धादिङका जगत सिंखडा माओवादी केन्द्र उपत्यका विशेष प्रदेशकाे अध्यक्ष बने

Avatar photo
Dhadingpost
मंसिर २६, २०७८

धादिङ मंसिर २६ । माओवादी केन्द्रकाे उपत्यका विशेष प्रदेश समितिकाे अध्यक्षमा धादिङका जगत संखडा चयन भएका छन् ।

शनिबार ९ वटै प्रदेश कमिटीको अधिवेशन प्रचण्डले एकसाथ उद्घाटन गरे सँगै आज बन्दसत्र सुरुभएकाे हाे । उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट सर्वसम्मत जगत सिंखडाकाे अध्यक्षतामा १४१ सदस्यीय प्रदेश समिति बनेकाे हाे ।

नव निर्वाचित पदाधिकारीहरू:
१. अध्यक्ष : जगत सिम्खडा
२. उपाध्यक्ष : कृष्ण केसी
३. उपाध्यक्ष : संगीता खड्का
४. उपाध्यक्ष : प्रकाश पाण्डे
५. सचिव : सुरेन्द्र बस्नेत
६. सहसचिव : गोगन मल्ल
७. सहसचिव : विष्णु थापा
८. कोषाध्यक्ष : शंकर अधिकारी