धादिङबाट प्रेस चौतारीको केन्द्रीय सदस्यमा ४ जना

Avatar photo
Dhadingpost
मंसिर २६, २०७८

धादिङ मंसिर २६ । नेकपा एमाले सम्वद्ध प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ती जारी गर्दै संशोधित विधान अनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाएका छन् ।

चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिए सँगै धादिङबाट ४ जना केशव अधिकारी, रामेश्वर कार्की, गायत्री खतिवडा र सिताराम अधिकारी केन्द्रिय सदस्य बनेका हुन् ।