चितुवाको छाला सहित ३ जना पक्राउ

Avatar photo
Dhadingpost
मंसिर १५, २०७८

चितवन मंसिर १५ । काठमाण्डौको एयरपोर्ट एरियाबाट प्रतिबन्धित दुर्लभ चितुवाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयरपोर्ट सेकुवा कर्नरबाट २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको प्रतिबन्धित चितुवा सहित पक्राउ पर्नेमा नुवाकोट शिवपुरीका बिशाल तामाङ, नुवाकोट शिवपुरी कै विनोद तामाङ र चितवन राप्ती नगरपालिका १ का कामी सिंह स्याङतान रहेका छन् ।

विशेष सुराकीको आधारमा पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला बन कार्यालय काठमाण्डौ पठाएको छ ।