माओवादी केन्द्र धादिङको गजुरी अधिवेशन स्थगित, अन्यको सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर १२, २०७८

धादिङ मंसिर १२ । नेकपा (माओवादी केन्द्र) धादिङले गजुरी बाहेकका १२ वटा स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न गरको छ । गजुरीमा अध्यक्ष पदका लागि विवाद भए पछि अधिवेशन स्थगित भएको र अन्य पालिकामा सर्वसहमतिमा कार्यसमिति गठन भएको माओवादी केन्द्र धादिङले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाको नेतृत्व गर्न यस अघि जिल्ला सचिवालयमा रहेका शम्भु श्रेष्ठ अध्यक्षमा आएका छन् । पछिल्लो युवा पुस्ताहरुको अध्यक्ष पदमा दावी आए सँगै सहमती नजुटेपछि श्रेष्ठलाई ल्याई सर्वसहमति गरिएको एक नेताले बताए ।

यस्तै ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा दिपक बस्नेत (सुरप्रताप) आएका छन् ।उनी जयुद्धका सिपाही हुन् । पछि सेना समायोजन मार्फत नेपाली सेना जागिरे बने , हाल सेनाबाट अवकाश प्राप्त गरेका उनी फेरि सक्रिय राजनीतिमा आउने तयारी अनुरुप अध्यक्ष बनेको बताईएको छ ।

धुनीबेसीको अध्यक्ष राजकुमार पाठक, थाक्रेको अध्यक्षमा जिन्दगी थापा, गल्छीको रामशरण सेन्चुरी, बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्र कंडेल, सिद्धलेकमा पुष्प थपलिया निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी रुबीभ्यालीको अध्यक्षमा कर्मा लामा, खनियाबासमा लालबहादुर तामाङ, गंगाजमुना गाउँपालिकाको अध्यक्षमा रामेश्वर सिंखडा, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा देवराज धरेल र नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षमा प्रम तामाङ निर्वाचित भए ।