
धादिङ कात्तिक ३० । जिल्ला फुटबल संघ धादिङले मंसिर १ गतेबाट संचालन गर्ने नवौं जिल्ला लिग प्रतियोगिताको लागि धुनीबेसी युवा समुहले खेलाडी खनोट गरेको छ । यस टिमको कोच हरि लामा रहेका छन् , भने म्यानेजरको भुमिकामा दिनेश आचार्य छन् ।
धुनीबेसीले ०६४ सालमा आफ्नो लागि पहिलो जिल्ला लिग खेलेको थियो । सहभागि भएको पहिलो लिग आफ्नो पक्षमा पर्दै विजेता बन्न सफल भएको यस क्लव त्यसपछि विजेता बन्न सेकोको छैन ।
एन्फा धादिङले आयोजना गरेको जिल्ला लिगमा एक पटक विजेता, दुई पटक, उप विजेता, ४ वटा लिगमा सेमीफाईनल र एक खेलमा समुह चरणबाटै आउट हुन पुगेको यस क्लवले यो पटक विजेता बन्ने लक्ष्यसहित खेलाडी छनोट गरिएको जनाएको छ । धुनीबेसीले नवौं जिल्ला लिगको पहिलो खेल अरुणदोय युवा क्लव आदमटार सिद्धलेक सँग मंसिर१ गते ११ बजे खेल्ने छ ।
यी हुन्, धुनीबेसी युवा समुहबाट नवौं जिल्ला लिग खेल्ने खेलाडीहरु
१. सन्तोष रेग्मी
२. आयुष थापा
३. दिपेन्द्र रेग्मी
४. बादल लामा
५. बिकेश थापा
६. सन्देश आचार्य
७. निर्जल खरेल
८. विशाल थापा
९. श्री कृष्ण रेग्मी
१०. सुशील रेग्मी
११. ऋषि आचार्य
१२. सुजन रेग्मी
१३. राजेश थापा
१४. प्रदीप डंगोल
१५. योगेश लामा
१६. विवेक लामा
१७. सुजन अधीकारी
१८. मिलन लामा
१९. सुजल लामा
२०. अनिल थापा
२१. सुरेन्द्र डंगोल
२२. सुमन भुजेल
२३. साईराम गीरी
टीम कोच: हरी लामा
टीम म्यानेजर: दिनेश आचार्य
