
कुलमान तिमी नबोल,
कुलमान तिमी नहेर,
कुलमान तिमी नसुन,
तिमी तिम्रा आखॉमा वाहा वाहीको पट्टी बाधि बस,
कानमा तिम्रा जय जयकारका धुन गुन्जाई बस,
तिमी चयनको निन्द्रा सुत
यहा मेरा बचेराहरू दिनमै अन्धकारमा रूमलिरहेछन्, तिमी आराम गर,
तिमीलाई थाहा छ म को हु , जान्न चहान्छौ ?
म तिम्रै छिमेकी । म धादिङ ।
छक्क पर्यौ..? तर सत्य यही हो,
तिम्रै झलमल्ल सिधारिएको घरको पस्चिम पट्टीको घर त हो मेरो,
तिम्रा घर औसीका रातमा पनि झलमल्ल छन्,
मेरा घरमा दिउसै औंसीका रात कति आए कति गए।
तिमीले जसरी तिम्रो घर सिंधियौ के मेरो घर सिंधार्दिन सक्छाै ?
के तिमी यो छिमेकीले वर्षौ देखि भोग्दै आएको समस्याको सावधानी दिन्छाै ?
मैले कयै पटक तिमीले मेरो घरमा उज्यालाे छाउन पठाएकालाई हार गुहार गरेँ
तर आज म तिमीलाई गुहार्न बाध्य भए , म बाध्य भए ।
सुदिप सिंखडा
उहि तिम्रो छिमेकी
धादिङबासी








































