
धादिङ असोज २५ । जिल्ला फुटबल संघ धादिङका अध्यक्ष एवम् एमालेको राष्ट्रिय युवा संघका स्थायी समिति सदस्य तथा जिल्ला अध्यक्ष दिपक खतिवडाले आईतबार सिद्धलेक स्थित अरुणोदया युवा क्लव नगद सहित १ लाख बराबरको खेलकुद सामाग्री सहयोग गरेका छन् ।
अरुणोदया युवा क्लवले आयोजना गरेको वडा स्तरीय फुटबलको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा पुगेका अध्यक्ष दिपक खतिवडाले नगद ३० हजार सहित १ लाख बराबरको फुटबल खेलको लागि चाहिले अत्यावश्यक खेल सामाग्री सहयोग गरेका हुन् ।
अरुणोदया युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा नलाङ कुम्पुर समाज कालिदह प्रथम, पिपलटा युवा समाज ए द्वितिय, पिपलटार युवा समाज बी तृतिय भएका थिए । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैंया र मेडल, प्रमाणपत्र, कप प्रदान गरिएको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र धेरै गोल गर्नेलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्रद्वारा पुस्कृत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सिद्धलेक गाउँपालिका ६ नम्बर वडा अध्यक्ष लक्ष्मण खतिवडा जिल्ला फुटबल संघ धादिङका उपाध्यक्ष एवम् मदनभण्डार स्पोर्टस एकेडेमीको अध्यक्ष रमेश अधिकारी जिल्ला फुटबल संघ धादिङका महसचिव रामहरी थापा लगायतको आतिथ्यता रहेको थियो ।


































