धादिङमा आज ७ जनालाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
भदौ १३, २०७८

धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७ जनामा कोरोना पोजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज संक्रमित हुनेमा ज्वालामुखीमा २, गंगाजमुनामा २, सिद्धलेकमा १ र रुभ्यालीमा २ जना छन् ।

नेपाल भरमा भने यो पछिल्लो २४ घण्टाको अवधिमा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।