
धादिङ भाद्र ११ । धादिङको धुनीबेसी नगरपालिका ९ मा रहेको डिल्ली सावित्री माध्यामिक विद्यालयले स्कुल बस खरीदका लागि आर्थिक संकलन अभियान जारी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राना क्षेत्रीका अनुसार बिहिबार सम्ममा करिव ३२ जनाबाट १० लाखको हाराहारीमा आर्थिक सहयोग प्राप्त भएको छ।
विद्यालयको लागि दुई रोपनी भन्दा बढी जग्गा दान गर्ने डिल्लीचापागाई र सावित्री चापागाईको नामबाट डिल्ली सावित्री मावि नामाकरण भएको यस विद्यालयका प्र.अ. घनश्याम अधिकारी स्कुल बस खरीदका लागि करीव नेपाली २७ लाख लाग्छ ।
राजमार्ग क्षेत्रका कतिपय विद्यालयलाई प्रदेश सरकारले नै स्कुल बस उपलब्ध गराएपनि यस विद्यालय प्रदेश सरकारको नजर नपरेपछि चन्दा संकलन गरेर स्कुल बस खरिद गर्ने लक्ष्यका साथ आर्थिक संकलन अभियान सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राना क्षेत्री बताउँछन् ।

स्कुल बस खरिदका लागि अहिले सम्म सबै भन्दा धेरै धुनिवेशी नगरपालिका-९ स्थायी ठेगाना भै हाल अष्ट्रेलियाको सिड्नी बस्दै आएका यसै विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व शिक्षक दिपक पाण्डेले २ लाख सहयोग गरेका छन् भने धुनीबेसीका समाजसेवी यसै विद्यालयका पूर्व अध्यक्ष रामराजा पाण्डेले ५१ हजार ९९९ रुपैया सहयोग गरेका छन् ।
अहिले सम्म पाप्त सहयोग
1. दिपक पाण्डे अष्ट्रेलिया रु.२,००,०००
2. रामराजा पाण्डे धुनीबेसी रु.५१,९९९
3. राजेशराज पाण्डे धुनीबेसी रु.५१,१५१
4. राजु खड्गी काठमाडौं रु.५१,१५१
5. पविन थापा, प्रबिन थापा, प्रमोद थापा र रञ्जु थापा भण्डारी धुनीबेसी रु.४४,४४४
6. साइला राई धुनीबेसी रु.३०,०००
7. दिपक खत्री (शिक्षक) रु.२५, ५५५
8. बासु रिजाल र इना थापा धुनीबेसी रु.२५,५५५
9. अनेरास्ववियू (क्रान्तिकारी) धादिङ रु.२५,५५५
10. चन्द्रबहादुर केसी काठमाडौं रु.२५,५५५
11. दिपक राई, धुनीबेसी रु.२५,५२५
12. घनश्याम अधिकारी, प्र.अ. बाट रु.२५,५२५
13. सन्तोष राना क्षेत्री, धुनीबेसी रु.२५,५२५
14. सरस्वती पाण्डे (शिक्षिका) रु.२५,५२५
15. गोविन्द प्रसाद पाण्डे (शिक्षक) रु.२५,०००
16. सुर्य बहादुर राई जापान रु.२५,०००
17. लक्ष्मी विष्ट (खत्री) धुनीबेसी रु.२३,८२५
18. राजेन्द्र लामा (राजीव) धुनीबेसी रु.२१,०००
19. अच्युत उप्रेती, धुनीबेसी-७ बाट रु.२०,५०५
20. लक्ष्मण खड्गी, धुनीबेसी-९ बाट रु.२०,५००
21. बिनोद आचार्य, धुनीबेसी-६ बाट रु.२०,५००
22. मंगल कुमार भ्लोन धुनीबेसी रु.२०,५००
23. सानुकान्छा राई, धुनीबेसी-९ बाट रु.२०,२२०
24. विक्रमजंग राना धुनीबेसी रु.२०,२०२
25. बिक्रम जंग राना, धुनीबेसी-९ बाट रु.२०,२०२
26. केशव पाण्डे धुनीबेसी रु.११,११५
27. सुजन उप्रेती धार्के रु.११,१११
28. रामशरण राना रु.१०,१०१
29. मधु राई धुनीबेसी रु.१०,१०१
30. रामशरण राना धुनीबेसी रु.१०,१०१
31. बद्री राना धुनीबेसी रु.१०,१०१
32. राजकुमार राना धुनीबेसी रु.१०,१०१
