लोक दाहालद्वारा एनआरएनएको कोषाध्यक्षमा उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
भदौ १, २०७८

बेल्जियम भाद्र १ । सामाजिक अभियान्तको रुपमा परिचित धादिङ बुढाथुमका लोकप्रसाद दाहाल हाल बेल्जियममा बसोबास गर्दै आउनु भएको छ । दाहालले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने एनआरएनए अधिवेशनमा आफ्नो उम्मेदवारी कोषाध्यक्षमा रहने बताएका छन् ।

यस अघि फराकिलो मतान्तरले सह-कोषाध्यक्षमा विजयी बनेका दाहालले १,१८४ मत ल्याए भने उनको प्रतिद्वन्दी गौतमले ८५२ मत मा सिमित भएका थिए । सह-कोषाध्यक्ष निर्वाचित भए सँगै उनले संस्थामा आर्थिक पारदर्शिताको शुरुआत गरेका थिए ।

हालै सम्पन्न गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचन समितिको संयोजक समेत रहेका दाहाल बेल्जियममा निकै मिलनसार र सहयोगी व्यक्तिको रुपमा परिचित छन् । उनी एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन् ।

बेल्जियममा रेष्टुरेन्ट व्यबसाय गर्दै आएका दाहालले नेपालमा हाईड्रो पावर, अस्पताल, युरोपियन वाईन वियर, सेयर मार्केटमा लगानी गरेका छन् भने साथमा परोपकारी कामहरु पनि गर्दै आएका छन् ।