
तुलना कसरी होला आमाको दुधको भारा भेटिएन
शिव व्रत निराहार कति बसें खैत प्यारा भेटिएन
सुख र दुखको बेजोड संयोग रैछ जिन्दगी
उत्पीडित समुदाय बस्तिहरुमा खै तारा भेटिएन
आशा ढलेका मनमा हेर्दा दियो कतै सारा भेटिएन
।। १ ।।
लिम्पियाधुराको घाउ मुटु दुखेको छैन र
कालापानीमा हाम्रो नै शिर झुकेको छैन र
बृहत नेपालका सबै टुक्रा टुक्रा खोज्दा त
टिष्टा काँगडा छायाँ अझै लुकेको छैन र
गण्डकीमा बगेका रगत सुकेको छैन र
।। २ ।।
उज्यालो त्यो पूर्णिमाको चाँद मन पर्यो
गोधुलीमा त्यो बेग्लै दोसाँध मन पर्यो
युगौं युग श्वर्गतुल्य हाम्रो जिन्दगानी
हाँंसो र रुवाई अर्तनाद मन पर्यो
तिमी म विचको खोला बाँध मन पर्यो
।। ३ ।।
देखावटी भ्रमजाल मायाको खानी बनायौ
कैयन पटक मलाई घामपानी बनायौ
छाती बिच झुण्डिने मुटु झैं पेण्डुलम भएँ
हरपल तिमिलाई संझने बानी बनायौ
पखालेर फाल्ने चामलको चौलानी बनायौ
।। ४।।
निलकण्ठ -५ , धादिङ
हाल : कावासोती -१६ , नवलपुर
