
धादिङ साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज सार्वजनिक गरेको छ ।
विद्यालयहरुको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर बोर्डले आज नतिजा प्रकशन गरेको हो ।
धादिङबाट १५६ वटा माध्यामिक विद्यालयका ५ हजार ५१९ जना विद्यार्थी एईईमा सहभागि थिए ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
