
अष्ट्रिया साउन १५ । गैर आवासिय नेपाली संघ अष्ट्रिया रअष्ट्रेलियाको नयाँ कार्य समितिका लागि जुलाई ३१ मा निर्वाचन हुँदैछ ।
धादिङको ज्वालामुखी गाउँपालिका मैदीमा जन्मी हुर्केकी धादिङकी चेली भवानी तिवारी अष्ट्रिया बस्दै आएकी छिन् । उनी एनआरएनए अष्ट्रियाको अध्यक्ष पदमा उम्मेदवार हुन् ।
तीन दशकको भोगाइ र अनुभवहरुलाई अनुसरण गरेर गैर आवासीय नेपाली संघ अष्ट्रियाको आगामी (०२१–२३) कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिएको हुँ विस्वास छ म जित्छु तिवारीको दावी छ ।
सवल एनआरएनए अष्ट्रिया बनाउने मेरो लक्ष्य हो । गैर आवसिय नेपालीहरुको समस्या समाधान र नेपालमा सुरक्षित लगानीको पहल आफ्नो एजेण्डा भएको तिवारी बताउँछिन् ।
यस्तै धादिङबेसी घर भई विगत एकदशक देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । समाज सेवामा रुची राख्ने कुमार अधिकारी २०२-२३ को कार्य समितिको लागि जुलाई ३१ मा हुने एनआरएनए अष्ट्रियाको निर्वाचनका लागि उपाध्यक्ष पदका लोकप्रिय उम्मेदवारी हुन् ।
यसैगरी युवा समाजसेवीको छवि बनाएका र नेपालमा हुने विपद विपत्तीमा सहयोग सहित आफ्नो उपस्थिति देखाउने गरेका धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आएका सुजन अधिकारी साझा एनआरएनए सबल एनआरएनए भन्ने नाराका साथ २०२१-२३ को नयाँ कार्य समिति सदस्यका लागि साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन आज हुँदै हुँदैछ । २०२१-२३ को लागि कार्यसमिति छनौटको लागि हुने यस निर्वाचनमा सचिव पदमा धादिङका श्याम सितल निर्विरोध निर्वाचित भई सकेका छन् भने अन्य ४ जना चुनावी मैदानमा छन् ।
चु्नावी मैदान रहेका धादिङ घर भैई जापान बस्दै आएका ४ जनाहरुमा अध्यक्ष पदमा किरण वर्मा, उपाध्यक्ष पदमा राजकुमार अधिकारी, कोषाध्यक्ष पदमा कृष्ण खनाल र सदस्य पदमा रामहरी पुडासैनीको उम्मेदवारी रहेको छ ।
