धादिङमा कोरोनाको सक्रिय केस ६०१ पुग्यो, आज ४८ जना संक्रमित थपिए

Avatar photo
Dhadingpost
साउन १२, २०७८

धादिङ साउन १२ । धादिङमा पछिल्लो २४ घण्टाको अवधि सम्म कोरोनाको सक्रिय केस ६०१ जना रहेको छ भने आजै ४८ जना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिउको जानकारी अनुसार आज थप भएका संक्रमितहरु नीलकण्ठमा २, गल्छीमा ९, गजुरीमा २, बेनिघाट ोराङमा १०, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३ र धादिङ हस्पिटलमा १२ गरेर ४८ जना छन् । आजै १० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

धादिङमा हस्पिटल आइशोलेसनमा १३, संस्थागत आइशोलेसनमा ४ र होम आइशोलेसनमा ५८४ रहेका छन् ।

जिल्लामा आज स्वाब संकलन भएको छैन । १४९ एनटीजेन परिक्षण मध्ये ४७ पोजिटिभ आएको छ।