
“आहा यो गर्मीमा पानी पर्यो”, भनेर म खुसी हुनु कि, ” ला अब त कति दिन बत्ती जने हो”, भनेर दु:खी हौँ म प्रशासन ?
“उतै बाट गएको हो , कति समय लाग्छ थाहा छैन”, भन्दिने ती प्रधिकराण कि दिदीलाई के भनेर सम्बोधन गरौं म प्रधिकराण ?
धादिङलाई स्माट सिटी बनाुउछु भन्दा आशा राखेका जनता, बिजुलीको समेत भरपर्दो उपभोग गर्न नपाएका जनताको निराशा कस्ले सुनिदिने मेयर ज्यू?
बर्षौ देखिको यो समस्या समाधान नहुनुमा म कस्लाई औंला उठाउँ ? म आफैंलाई कि तिमी प्रशासनलाई ?
जस्तो सुकै समस्यालाई सहि दिने हामी जनता अब आफ्नो अधिकारको निम्ति आवाज कहिले उठाउने , धादिङबासी ?
देशको मुटुमा रहेको हाम्रो ठाउँको स्तर उन्नती नभएको भन्ने धेरै देख्छु, अब त मनमा गुम्सिएका आवाज सडक देखि निकाय सम्म सुनाउने होइन र जनता ?
यस समस्याको समाधानका निम्ति जिम्मेवार निकाय र प्रशासनलाई दबाब दिन म आम धादिङ बासीमा अनुरोध गर्दछु । हामीले आ-आफ्नो ठाउँबाट आवाज उठाएर यो समस्या समाधान खोज्न जरुरी छ ।
आउनुहोस् , समग्र ठाउँको विकासको निम्ति सबैको एकै आवाज” विकासका लागि बिजुली “।
