
नेपाल मगर संघको ३९ औं स्थापना दिवस, प्रथम सहिद लखन थापा मगर लगायत सम्पुण माहान शाहीदहरु प्रतिहार्दिका श्रद्धा सुमन । जिवनको एउटा घडीमा म नेपाल मगर सघ धादिङको जिल्ला कमिटी सदस्य थिए, भन्दा गर्व लाग्छ र काम गर्न नसक्दा आत्मा गलानी हुन्छ ।
त्यसबेला लखन थापा मगरलाई प्रथम शहीदको घोषणा गर्न सरकार सँग जोडदर माग र धादिङ मै लखन थापा मगर पार्क सहित शालिक स्थापना गर्न सफल भैयो । त्यस बाहेक नियमित खुद्रा कार्यहरु सायद लिखितम होला । काम गर्न नसकिएको बिषय राजनितिका एजेण्डा हो ।
नेपाल मगर संघ आफैमा एक स्वतन्त्र र देशै भरी र प्रवासमा समेत फैलिएको जातिय सँगठन हो ।
त्यस्मा पुर्ण रुपमा राजनितिका रुपमा चेतना र विकास नहुँदा। संघ झ्याल ढोका नभएको बन्द कोठा जस्तो थियो ।
राजनितिका एजेन्डा नहुँदा सङगठनको मुल काम के हो, भन्ने हमेशा प्रश्न खडा भई रहे, देशै भरी र प्रवाषमा समेत सङ्गठन छ, तर खास उदश्य देशै भरिको मगर एक हौ भन्ने नारा बाहेक हाम्रो पुर्खाको गौरब इतिहास र संस्कृती पनि थियो ।
अब के गर्दा हाम्रो पहिचान माथी उठछ भन्ने कुरामा पुरै अलमल थियौ । खासै अन्य विषयमा बहस पनि भएन । हरेक प्रश्न नेतृत्व सँग जोडिन्छ, नेताहरुको चेतना स्तर सँग जोडिन्छ नै, यो समान्य बिषय पक्कै हैन, समग्रमा बहस बिषय बनाइयो र यो जरी पनि छ बहस चल्दै छ ।
नेपाल मगर संघ र अदिवासी तथा जनजाती माहासंघको सस्थापक माहसचिव तत्कालिन माओवादी नेता सुरेश आले मगर जतिको लिजेन्ड नेता भएको संगठनमा विचार बिहिन थियो भन्न पक्कै नमिल्ला । चिन्तन चाइ खास रुपमै थिएन जिल्ला स्थरमा विशेषत के भने दिशा कता पक्री रहेको छ भन्ने हो भने त्यति ठुलो संगठनले सामाजिका रुपमा कती चेतना दिएको थियो भन्ने हो ।
खासमा सुन्य थियो मात्र सभा सम्मेलन र रमाइलो मात्र देखिने खाल्को थियो जब देशमा एउटा पटी (नेकपा माओवादी) द्वारा २०५२ फागुन २ मा राजनीतिका एजेण्डा सहित जनयुद्धको घोसणा भयो, तव देशै भरिको विभिन्न वर्गिय र जातिय सँगठनहरुमा वर्गिय चेतना प्रवाह भयो भन्दा फरक नपर्ला । किनकी माओवादीको त्यतिवेलाको वैचारिक संघर्ष नारा र प्रचार उत्पिडन वर्गको दिमागमा सिधा घोच्ने खाल्को थियो ।
त्यसैको उपलब्धी हो १० वर्षे जनयुद्धमा जनजाती र जनजातिमा मगर र दलिताहरुको उपस्थिती र बलिदान त्यति ठुलो रह्यो भन्नेर बुझ्न सकिन्छ । ठुलो संघर्ष र बलिदानीको बाटोमा जनजाती र दलितहरुको उपस्थिती हुनु अफैमा समान्य हैन यो सिधा तत्कालिन सामन्ती राज्य सत्ता सँग जोडेर हेर्नु पर्छ । म भुइ मान्छेले निकर्ष निकाल्न नसकुला तर मेरो बुझाइ र तर्क मात्र हैन दावा पनि हो ।
तत्कालिन सामन्ती राज्य सत्ताले दमाइ, कामि, मगर, सार्की, गुरुङ, रार्इ, लिम्बु, सतार, डुम, पोडे, च्यामे आदि जातहरु छुट्याएर जातिय कित्ता निर्मण गरी जसरी योजना वद्ध तरिकाले दमन गरियो ।
त्यसको जती सुकै कठोर तरिकाले भत्सर्ना गर्दा पनि कम हुन जान्छ । सामन्तहरुले साइत गरेर निस्किदा बाटोमा दलित भेटे साइत परेन भनेर फर्कने सम्मको घटिया चलन थियो ।
हलि, कमैया, कमलरि, बधा, बधुवाहरु मुख्यतया सामन्तहरुको घरमा हुन्थे राज्य सत्ताको लामो विभेदकारी दमनको बिरुद्ध १० जनयुद्धमा मृत्यु रोज्न तयार भए भन्दा सायद फरक नपर्ला ।
त्यहि जनयुद्धको जगमा, दलित र जनजातिको राजनितिका चेतना स्तर विकाश भएकै हो, त्यहि चेतनाले आज दलित जनजाति, महिला र पिछडा वर्गको राजनिती र राज्य सत्तामा सम्मान जनक उपस्थिती छ । तर सत्तामा को को गए, को को पुगे भन्दा पनि बिषयको गम्भिर्ता यो हो कि, उनीहरुको राजनितिमा उपस्थिती र राज्यसत्तामा पहुँच भए पस्चात बाँकी आम जनजाति, दलित, महिला र पिछडिएको वर्गको स्तर कस्तो छ भन्ने कुरा प्रधान हो ।
पहिचान सहितको राज्य सत्ताको मुद्धा उठाएको तत्कालिन माओवादीलाई जातीवादी अरोप लगाइयो । स्थानीय निर्वाचनमा हामीले पहिचान सहितको मगरात स्वयत्ताको बिषयमा चुनावी नारा उठाउदा हामी हामीले ६० प्रतिशत मगर सामुदाय रहेको निर्वाचन क्षेत्रमा मगर उम्मेदवारले चुनाव हर्नु र मगर इतर जातिले चुनाव जित्नु भनेको यो समान्य कुरा हैन ।
यो राजनितिको चेतना र बौदिकताको स्तर पनि हो । यस्को मापन हामीले हिले गरी रहेका छौ । यो आर्को पटक लेखौला । तात्कालिन माओवादीले उठाएको पहिचान सहितको राज्य सत्ताको मुद्दा बीचैमा छोडी दिदा पटकै मन परेको छैन र सबै पार्टीका जनवर्गिय सङ्गठनले समेत आफ्नो पार्टीको नेताहरुलाई दवाब नदिनुमा ति नेताहरुको नियतमा प्रश्न उठाउनै पर्छ ।
सामन्ती राज्य सत्ताले सदियौ देखि दमन गरी राखेको जनता बहुलको आधारमा प्रदेशको नामकरणा समेत राख्न दिएन्, मगरात, ताम्सालिङ, तमुवान, नेवाः, राज्यको नामै मात्र पनि राख्न सकिएन, र हामीले वा हाम्रो संगठनले दवाव दिन र प्रतिकार गर्न पनि सकेन अनि हामी आबद्ध संगठन केको लागी र संगठानको आस्तित्व के त ?
तत्कालिन माओवादी पाटी र अगुवा कार्यक्रता यो मुद्दामा स्पस्ट भय पनि हामीले बिपक्षी र जनातालाई बुझाउ नै सकेनौ हामी जनाता सामु परिचालित हुनै सकेनौ र मुद्धा स्थापित गराउन सकेनौ ।
यही बीचमा मुख्य कुरा वा प्रश्न मगर संघ र मगरात आन्दोलानकारीलाई छ किन र कस्ले रोकेको छ हाम्रो आन्दोलानलाई ? तत्कालिन नेपाल मगर संघका नेताहरुले पहिचान सहितको मगरात स्वयत्ता प्रदेशको नारा उचारण गर्न पनि चाहँदैन थिए । यो नरा भित्र प्रवेष गराउँदा यो त केवल माओवादी पार्टीको नरा हो भन्ने बुझाइको भ्रम छरियो ।
किन कि संघ भित्र पूर्व एमाले हावी बन्दै गएको थियो । यस्लाई बडो बुद्दिमत तरिकाले टेक्निकल रुपमा जनवर्गिय संगठन, मगरात राष्ट्रिय मुक्ति मोर्चाका नेताहरुको बडो र ठुलो योगदान थियो ।
कम्तिमा मगर संघको बिधान र ब्यानरमा पहिचान सहितको मगरात स्वायत्ताको नारा लेख्न र केहि दवाब दिन सफल भयौ । मगरातको बिषयमा छलफल हुन्छ तर उपलब्धी खसै छैन र देखिदैन ।
नेपाल मगर संघ लगायत अन्य जनवर्गिय संगठनहरु र जनजाती महासंघले पहिचान सहितको संघीय राज्य स्थापनाको लागी आन्दोल नै गरे पनि परिणाम खासै देखिएन । यो मामिलामा नेकपा अध्यक्ष्य प्रचण्ड अलिक उदार छ्न् । सायद उनले नै स्थापित गराएको मुद्दा भयर होला, तर केपी ओली इतरका नेता बिल्कुल सकरात्मक छैनन् ।
ओलीको केहि भाषणले पनि स्पष्ट पार्छ, जस्तोकी कुन जातले टोपी कसरी लगाउनी र हिजो सामन्ती राज्य सत्ताबाट उत्पिडनमा परेको जनाताहरुको लागी आरक्षण केका लागि ? धन्न आरक्षणको आधरमा नदीमा हाम्फाल्न लगायनौ नदीले जात चिन्दैन भनेर अभिव्यक्ति दिएको छन यस्को खास अर्थ के भने उनी हिजोको शोषित पिडितका लागी अझै पनि सकरात्मक छैन भन्ने नै हो ।
चिज यो हैन र थिएन, प्रचण्डले भनेका छन् जव सम्म हिजो सामन्ती राज्य सत्ताबाट लगातार उत्पिडनमा परेका तमाम जनताहरुको, सामाजिक, आर्थिक र राजनीतिका रुपन्तरण र बाराबारीको अवस्थामा हुँदैन तव सम्म आरक्षण दिनु पर्दछ भनेर यसलाई कु प्रचार गर्नेहरुले देश अब जातिय युद्धमा जान्छ भन्न समेत भ्यए र यो मुद्धा बीचैमा अलपत्र पारे यो समर्थनमा कुनै जतिय संगठन निस्किएन किन ?
हामीले यो राज्य सँग मागेको अधिकार कसैको खल्तिको हैन, केपी ओलीको खल्तीबाट हजारको नोट कसैलाई बक्सिस दिएको जस्तो आधिकार मागेको हैन । हिजो सामन्ती राज्य सत्ताबाट लगतार योजना बद्ध तरिकाले दमन भएको, हामीलाई युद्धमा पठाइएको, पढ्न नदिएको, धारा, कुवा, चौतारा, पिढि, मन्दिर र तिमीलाई छोइदा मुन्डन गरी डाडा कटाइयको, बिना कारण तिम्रो घरमा कमरो, हलि, कमारी बसेको उत्पिडन्को क्षेतिपुर्ती मागेको हो ।
के यो गलत हो ? के यो पाप हो ? हिजो जनजाति दलित, महिला पिछडा वर्ग तिमी जस्तै र तिम्रा सन्तान जस्तै डक्टर, इन्जिनियर, पाइलट, मास्टर, नेता, व्यवसायी बन्न सक्दैन थिए ? के त्यस्को क्षतिपुर्ती आज राज्यले दिन पर्दैन ? के पहिचानको मुद्धा समानताको मुद्धा वाहेक जातिय मात्र हो त ?
विषय वस्तुको गम्भिर्यतालाई बाङ्ग्याएर जसरी राजनीतिका मुद्धा र एजेण्डलाई, धुलो बनाए, जनयुद्ध र जना आन्दोलानमा तमाम उत्पिडन वर्गहरुको अपेक्षा लाई हत्या गरी दिए ।
यस्को बिरोध वा प्रतिकार न मगर संघले गर्न सके न अन्य वर्गिय संगठनले नै । मुद्धालाई केबल ब्यानर र मुख पत्रमा मात्र सिमित गराए यो निन्दनिए छ । ब्यानरको नाराले मात्र क्रान्ती सम्पन्न हुँदैन भन्ने बुझाइ हाम्रो मगर नेताहरुको चेत कैले खुल्ने हो ?
राजनितिका मुद्धालाई ब्यानर र नरामा मात्र सिमित राखि गरिने भेला र सम्मेलन प्रती मेरो खसै चाख छैन कम्तिमा पनि राजनीतिका एजेण्डामा हामी प्रस्तुती हुन अब ढिला भई सकेन र ?
उपराष्ट्रिपति पासाङ देखि नेङ्वाङ र अलिक तल्लो कमिटिका नेताहरुले अधिकारको लागि अवाज उठाउन पर्दैन ?
त्यहि भएर राज्य सत्तामाको पुगे भन्दा पनि त्यसपछिको आम जनताको स्तर कस्तो छ भन्ने प्रधान हो । जनजाती , मुस्लिम, दलितहरुको बलिदानी पूर्ण आन्दोलनको उपलब्धीबाट प्राप्त राज्य सत्तामा पुगेर पनि हिजोको मुद्धा भुल्नेहरु राजनितिक बैमानी हैन ?
केपी ओलीले भने झै जातको आधारम नदीमा हाम्फल्न पर्ने हो ? फेरी नदीले जात चिन्दैन त ।
मेरो अघिल्लो २ पुस्ता ब्रिटिसमा लडन पठाएको सामन्तहरुले हली बनएको के त्यस्को क्षतिपुर्ती राज्यले दिन पर्दैन ?
संघ र माहासङले बैठक र भेला गरेर मात्र हुँदैन अन्तिम पटक राज्य संग पहिचान सहितको राज्य सत्ता प्राप्तीको लागि लड्ने दिन घट्किएनर ? अव परिमार्जित हुन जरुर छ । कि अब संविधाननमा जात र जतिको अधिकारका धाराहरु मेटन पर्यो कि जात व्यवस्था बहिस्कार गर्न पर्यो । हैन भने पहिचान सहितको मगरात स्वयत्ता प्रदेशको लागी बलिदानी पुर्ण तरिकाले प्राप्तिको लडाइ लडन पर्यो हैन भने प्राप्त उपलब्धीहरु खेर जान सक्छ । आलोचना सहित ३९ औ मगर एकता दिवसको सबैलाई क्रान्तिकारी शुभकामना ।
(लेखक : केशव पुलामी मगर, नेकपा माधव, प्रचण्ड समुहको जनवर्गिय संगठन आदिवासी जनजाती मगर संघ नेपालको केन्द्रिय सदस्य हुन्)
