प्रयास नेपालद्वारा शैक्षिक सामाग्री सहयोग

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७७

धादिङ फागुन ११ । ईट्टा उद्योगमा बालश्रम उन्मुलन गर्न मजदुरका बालबालिकाहरुलाई बेटर ब्रिक नेपाल कार्यक्रम संचालन गरि रहेको प्रयास नेपाल धादिङले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई प्रयास नेपालले विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको हो ।

धुनिबेशी नगरपालिका वडा नं. ६ मा रहेको जाल्पादेवि ईट्टा उद्योगका उद्योगी सञ्जय नकर्मिको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा १२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री (कापी कलम, पेन्सिल, कटर, ईलेजर, झोला, ड्रेस) ३० जना बालबालिकाहरुलाई टिफिन बक्स प्रदान गरिएको परियोजनाका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनु भयो ।