
धादिङ पुस १९ । धुनीबेसीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको भेला तथा प्रशिक्षणमा प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले ओली पक्ष भ्रम छर्दै हिडेको बताउनु भएको छ ।
शनिबार गलौदीमा भएको ओली पक्षको युवा तथा विद्याथीको भेलालाई लक्ष्यित गर्दै नेता पाण्डेले उक्त भेलामा पूर्व एमाले जति एक होऔं, भन्दै, भ्रम छर्दै, गाडीमा हाल्दै, गलौंदी लगिएको आरोप लगाउनु भएको हो ।
यो पनि
गलौंदीः ओली पक्षको कार्यक्रममा महेश बस्नेत
हिजो एक पक्षले आतंककारी र अर्को पक्षले सुराकीको आरोप लगाउने गर्दथ्यौं, अब विगत सम्झेर हुँदैन राजनीतिले गति लिई सक्यो अब नत एमाले नत माओवादी छौं हामी नेकपा हौं । हाम्रा नेताहरु प्रचण्ड, नेपाल, झलनाथहरु एक हुनुहुन्छ । हामी फेरी पूर्व एमाले भन्दै कुँदेर टाउको नभएको मुर्कुट्टा बन्न नहुने समेत नेता पाण्डेले कार्यक्रममा बताउनु भएको थियो ।
कार्यक्रममा महिला नेतृ कल्पना धमला, जिल्ला नेता दिपक लामिछाने, गाउँपालिका प्रमुख बालकृष्ण आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
