
धादिङबेसी पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आज एकै दिन धादिङबेसी, थाक्रेको महादेवबेसी र ज्वालामुखीमा कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको छ ।
धादिङबेसीमा पूर्व माओवादी केन्द्र नीकट शिक्षकहरुको एकीकृत अखिल नेपाल शिक्षक संगठनको विस्तारित वैठक तथा प्रशिक्षण नेकपा केन्द्रय सदस्य पुष्प विक्रम मल्ल र बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले सम्बोधन गर्नु भएको थियो भने थाक्रेको महादेवबेसीमा भएको कार्यकर्ता प्रशिक्षणलाई नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश संसद राजेन्द्र पाण्डेले सम्बोधन गर्नु भएको थियो ।

यस्तै ज्वालामुखीको तेस्रो बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य गंगालाल तुलाधर, कल्पना धमला, गुरु बुर्लाकोटीले सम्बोधन गर्नुभएको थियो ।

यी तीन वटै कार्यक्रममा नेताहरुले प्रधान मन्त्री केपी शर्मा ओलीको चकर्मो आलोचना गरेका थिए भने ओलीको असंवैधानिक कदमको विरुद्ध हुने संर्घषको कार्यक्रममा सक्रियताका साथ लाग्न कार्यकर्ताहरुलाई निर्देशशन दिएका थिए ।

