गजुरीमा पञ्जीकाधिकारी र कर्मीचारीहरुका लागि ३ दिने तालिम सुरु

Avatar photo
Dhadingpost
मंसिर १७, २०७७

धादिङ मंसिर १७ । धादिङको गजुरी गाउँपालिकामा वडा स्तरिय पञ्जीकाधिकारी र कर्मचारीहरुका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।

गजुरी गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा ईकाईले आयोजना गरेको उक्त तालिम आज एक विशेष कार्यक्रमका साथ गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेत र उप प्रमुख सिता ढुङ्गानाले शुभारम्भ गर्नुभए सँगै सुरु भएको हो ।

कार्यक्रममा जनताको काममा छिटो छरितो र शुद्धतामा पूर्ण निखारपनको लागि यो तालिम कोसेढुङ्गा सावित हुनेमा आशावादी रहेको पालिका प्रमुख बस्नेतले बताउनु भएको थियो ।

आज पहिलो दिनको तालिममा २ घण्टा सहजीकरण गर्दै उप-प्रमुख सिता ढुङ्गानाले घटना दर्ता पुर्ण रुपमा अनलाइन सुरुभएको छ । एक क्लिकको भरमा गाउँपालिकाको तथ्याङ्क सजिलै आम नागरिकले जानकारी पाउनको लागि कर्मचारीको काम व्यवस्थित र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

तालिममा व्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी व्यवस्था, सेवा इकाइको कार्य, डिजिटाईजेशन, दर्ता शिविर, सामाजिक सुरक्षामा विद्युतिय माध्यम, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था, सामाजिक सुरक्षा सम्बन्धी विषयमा सहजिकरण गरिने उप प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई बताउनु भयो ।