गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेय सम्मानित

Avatar photo
Dhadingpost
मंसिर १६, २०७७

धादिङ मंसिर १६ । ईलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय धादिङले सर्वोत्कृष्ट प्रहरीको उपाधी सहित सम्मान गरेको छ ।

निरीक्षक पाण्डेयलाई कार्य सम्पादनको आधारमा उच्च मूल्याङ्कन कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीको उपाधी सहित सम्मान गरेको हो ।

अबैध लागु औषध गाँजा खेती फडानी, लागुऔषध नियन्त्रणका साथै आपराधीक क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट भुमिका निर्वाह गरेकोले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।