लोक दाहालको पहलमा कुश्मा अस्पताललाई ४८ बेड सहित स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
मंसिर १६, २०७७

धादिङ मंसिर १६ । धादिङ बुढाथुम घर भई बेल्जियममा बस्दै आउनु भएको एनआरएनएका सह-कोषाध्यक्ष लोक प्रसाद दाहालको पहलमा बेल्जियम मेडिकल टिमले पर्वत कुश्मा हस्पिटललाई सुविधा सम्पन्न ४८ बेड सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

करिव ५ महिनाको अथक प्रयास पछि उक्त बेड सहितस्वास्थ्य सामाग्री पर्वतको कुश्मा पुगेको समाजसेवी दाहालले धादिङपोष्टलाई बताउनु भयो ।

दाहालले उक्त सामाग्री अस्पताल सम्म पुर्याउनको लागि काठमाडौं देखि यातायात खर्च गर्ने कुस्मा नगरपालिका मेयर रामचन्द्र जोसी र नेपालमा निरन्तर स्वास्थ्य र शिक्षा क्षेत्रमा रहयोग गर्दै आईरहेको भलामीस मेडीकल टिमका लिडर Dr. Luc Beaucourt  सहितको टिमलाई विशेष धन्यावाद दिनुभएको छ ।