धादिङमा ५ वटा अस्पताल भवनको शिलान्यास गरियो

Avatar photo
Dhadingpost
मंसिर १५, २०७७

धादिङ मंसिर १५ । धादिङ जिल्लामा आज ५ वटा आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकीमा १५ शैया, ज्वालामुखी गाउँपालिकाको मैदि स्वास्थ्य चौकीमा १५ शैया, त्रीपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार प्राथमिक स्वास्थ्य चौकीमा १५ शैया, बेनीघाट रोराङ गाउँपालिकाको बेनीघाट स्वास्थ्य चौकीमा १० शैया र गंगाजमुना गाउँपालिकाको फुलखर्क स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो ।

यो सँगै आज देशभरका ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ । तस्वीरः बेनिघाट स्वास्थ्य चौकीमा १० बेडको अस्पताल शिलन्यस कार्यक्रमको