धादिङमा आज ७ जना कोरोना संक्रमित थपिए

Avatar photo
Dhadingpost
मंसिर ५, २०७७

धादिङ मंसिर ५ । धादिङमा शुक्रबार (आज) ७ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १३ सय १७ जना पुगेको छ ।

आज थपिने कोरोना संक्रमितमा सिद्धलेक गाउँपालिकामा २ जना र नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, गजुरी गाउँपालिका, थाँक्रे गाउँपालिका रुबीभ्याली गाउँपालिकामा १-१ जना रहेका छन् । कुल संक्रमित मध्य ११ सय ५४ जना पूर्ण निको भएर घर फर्कि सकेका छन् ।