
धादिङ कार्तिक २८ । धादिङमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाईरस संक्रमितको संख्या थपिए सँगै संक्रमितको संख्या १ हजार २८२ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितहरुमा सिद्धलेक गाउँपालिकाका ५ जना, बेनिघाट रोराङ गाउँपालिकाका ५ जना, गजुरी गाउँपालिकाका ३ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका १ जना छन् ।

