संघीयता फेल बनाउने धुनमा ओली सरकार

Avatar photo
Dhadingpost
कार्तिक २३, २०७७

मान्छेहरू भन्छन् संघीयता फेल भयो । हाम्रोजस्तो सानो देशले संघीयताको आर्थिक भार धान्नै सक्दैन,त्यसैले संघीयता खारेज गर्नुपर्दछ । यस्ता शब्दहरु नेपाली राजनीतिक बजारमा अनायासै सुन्न पाइने शब्दहरु हुन् ।

यी यस्ता विरोधका स्वरहरूको पारो विगतभन्दा आजभोली अलि बढेको छ । संघीयताको विरोध कमल थापा चित्रबहादुर केसीहरुबाट सुनिएमा अन्यथा मान्नुपर्ने कुनै कारण नै छैन । यद्यपि केपी वली र उनका आसेपासे अन्धभक्त हरुले पनि संघियताको विरोध गरे भनेकुनै नौलो कुरा हुदैन । किनकि हिजोदेखि आजसम्मको केपी ओली एण्ड कम्पनीको संघीयता सम्बन्धी बुझाई के छ, भन्ने कुरा त शरीर मात्रै बेग्लै भएका केपीका फोटोकपी गोकुलको भर्खरै को status नै काफी छ ।

१० बर्षे महान जनयुद्ध र मधेस आन्दोलनले नै संघीयतालाई स्थापित गर्दै अन्तरिम संविधानमा लिपिबद्ध गर्न सफल भएको साथै नेपाल एकात्मक राज्य बाट संघीय राज्यमा रुपान्तरण भएको कुरा सर्वविदितै छ ।

पहिलो संविधानसभा विघटन र दोश्रो संविधानसभा निर्वाचनमा संघीयता पक्षधरको सापेक्षित हारका कारण जसरी संघीयताको मर्मलाई आत्मसात नगरी संघीयताको निर्माण गरियो । संघीयताको मुल मर्मलाई, गुणलाई नष्ट गरियो, संघीयताको घाटी निमोठियो/रेटियो । यसलाई चिमोटियो, पिटियो कुटियो, डामियो, लछारपछार गरियो र यसलाई अपांग बनाइयो ।

अनि भनियो संघीयता असफल भयो, यसलाई खारेज गर्नुपर्दछ । शारिरीक अपाङ्गता भएका मान्छेलाई नभएका मान्छेले जसरी काम गरेन भनेर गाली गरिएको छ, दगुरेन भनिएको छ, छिटो दगुर भनेर लपेटिएको छ ! अनि भनिएको छ संघीयता फेल, खारेज गर्नुपर्दछ, खर्च धान्नै सकेन, सानो देशलाई सङ्घीयता आबश्यक नै छैन ।

यस्ता बुज्रुक तर्क देखेर उदेक लाग्छ, टिठ लाग्छ । म भन्छु संघीयता फेल भएको होइन, बनाइएको हो फेल गराइएको हो फेल गर्ने कोसिस गरिएको छ प्रयत्न गरियो छ । अहिलेको सरकार घुमाउरो पाराले गतिविधि बढाएर संघीयता फेल भएको घोषणा गर्न चाहान्छ अहिले त्यसैको रिहल्सल भैरहेको छ । संघीता र गणतन्त्रका विरोधीहरु सत्तामा पुगे अनि भन्दै छन् संघीयता ठिक भएन ।

संघीयता सानो वा ठूलो भौगोलिक आधारमा गरिने भौगोलिक विभाजन कदापि होइन, देशभित्र रहेका समान भौगोलीक निरन्तरता मनोविज्ञान, भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज भएका एउटा समुदाय जसलाई राष्ट्रियता भनिन्छ त्यही विविधतालाई सम्बोधन गर्ने गरी गरिने ब्याख्या र ब्याबहारिक अभिव्यक्ति नै संघीयताको मुलमर्म हो ।

जसको सम्बोधनले आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउँछ । १२० भन्दा बढी भाषा र जात-जाति भएको देश हो नेपाल, जसको भौगोलिक एकीकरण पृथ्वी नारायण शाहले गरेकै हुन् यसको श्रेय र सम्मानको हकदार उनै हुन् यसको सबैले कदर नै गरौ । तर उनले नेपाली राष्ट्रियताको एकीकरण गर्न सकेनन् वा गरेनन् एउटा अध्ययनको विशेष छ्दैछ ।

त्यो अपुरो कार्यलाई दशवर्ष महान जनयुद्ध र मधेश आन्दोलनले पहिचानसहितको संघीयतालाई स्थापित गर्यो । ०६४ सालको निर्वाचनमा नेपाली जनताले यसलाई अनुमोदन पनि पनि गरे । यसैबेला बनेको एक विज्ञ स्वतन्त्र आयोगले पहिचान र सामर्थ्यको आधारमा नेपाली विविधताहरूको सम्बोधन गर्न दश जोड एक(१०+१) प्रदेश उपयुक्त हुन्छ भनि सिफारिस पनि गरे तर पहिलो संविधानसभाको विघटन भयो यसको श्वामित्व दोश्रो संविधानसभाले लिन अनिच्छुक देखियो,किनकि त्यहाँ संघीयता पक्षधरको उपस्थिति सापेक्षित कमजोर थियो ।

संघीयताको जन्मदाताहरुको कमजोर उपस्थितिकै कारण संघीयतालाई संघीयता जस्तो बनाइएन, बन्न दिइएन । यसलाई चिथोरेर बिरुप बनाइएको छ, कोतरिएको छ । संघीयतालाई प्रशासनिक युनिटको रुपमा ब्याख्या गरिएको छ, नयाँ महेन्द्रीय दृष्टिकोण हाबी भएको छ ।

संघीयता भनिएको छ, तर अधिकार केन्द्र मै राखिएको छ संघीयता भनिएको तर अधिकाम्स बजेट केन्द्रमा नै राखिएको छ, संघीयता भनिएको तर पहिचान भूगोल र नदीनालालाई दिएको छ, संघीयता भनिएको छ तर प्रदेशका मन्त्री भन्दा सिडियोलाई शक्तिशाली बनाइएको छ, अनि भनिएको छ संघीयता फेल, संघीयता खारेज । म भन्छु कसरी फेल संघीयता ? जहाँ बास्तबिकता संघीयता नै छैन ।

जसले संघीयतालाई स्थापित गर्‍यो ती शक्तिहरु टुटे-फुटे वा फुटाइए, छिन्नभिन्न भए वा बनाइए आफ्नो ठाउँमा छ्दैछ तर नारायणहिटिको राजदण्ड देखेर राजा बन्ने सपना देख्नेहरुलाई संघीयता बुझाइयो, सुपिइयो । संघीयताको जन्मदाता नै उनै हुन् जस्तो गरिएको कारण नै हामी त्यही सजाय बर्तमानमा भोगिरहेका छौ ।

जसलाई संघीयता मन परेको छैन, जसको संघीयता जन्माउने कुनै पनि आन्दोलनमा कुनै भुमिका छैन, संघीयताप्रति कुनै आशक्ति थिएन, छैन ! संघीयताको न आमा न बाबा ? न धाइआमा, न काका न काकी ? कुनै साइनो नभएपछि त्यसले संघीयतारुपि बच्चालाई हुर्काउदै छ्की के गरेको छ त्यो त बर्तमानले बताईरहेकै छ ।

भर्खरै अष्ट्रेलियामा बस्ने एक नेपाली आमाले तिनजना छोराछोरीको पालै-पालो घाटी थिचेर हत्या गरेको समाचार अनलाइनहरुमा छ्यापछ्यप्ती आयो तर यो आम मानिसको प्रवृत्ति पाक्कै होइन तर मान्छे कतिसम्म निर्दयी हुनसक्छन् भन्ने एउटा प्रमाण चाही पक्कै हो ।

त्यसैले यस्ता घटनाहरुको बिगबिगी भएको बेला संघीयता सग कुनै साइनै नभएको ब्याक्तीको हातमा संघीयता हुर्काउने, पालन-पोषण गर्ने जिम्म दिए पछि त्यो सबल होला ? हृष्टपुष्ट होला ? अनि अपांग बनाएपछि सपाङ्गले झै काम गरेन, यसलाई फालिदिउ, यो फेल भयो, यसलाई खारेज गरौ बरु राजै ठिक भनेर हुन्छ ? कदापि हुदैन ।

संघीयता आफैमा गलत होइन, गलत बनाउन खोजिएको हो, प्रयत्न गरिएको हो । यसको मर्मलाई, गुणलाई शही ढंगले प्रयोग गर्न हामी सबै लागौ । नेपालमा भएको विविधतालाई एकतामा बाध्ने र समृद्ध नेपालको सपना साकार पार्ने अचुक साधन नै संघीयता हो । संघीयता फेल भएको होइन एकात्मक सोच राख्नेहरुको सोच फेल भएको हो । यति ठुलो त्याग, तपस्या र बलिदानबाट स्थापित भएको संघीयतालाई सबै मिलेर जोगाऔ, फलाऔ र फुलाऔ । यसैमा सबैको सम्मान छ ।