
काठमाडौं कार्तिक ४ । पूर्व प्रधान मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का वरिष्ठ नेटा माधव कुमार नेपालले कोरोनाका बिरामीको नि:शुल्क उपचार नगर्ने निर्णय फिर्ता गर्न सरकार सँग माग गर्नुभएको छ ।
कोरोनाको उपचार एवम् स्बाव परिक्षण व्यक्ति स्वयंले गर्नुपर्ने सरकारको निर्णयले जनतामा आतंक सिर्जना गरेको भन्दै नेता नेपालले निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको हो ।
नेता नेपालले मंगलवार एक विज्ञप्ति जारी गर्दै सरकारले निःशुल्क उपचार बन्द गरेका कारण आमनागरिक मारमा परेको भन्दै सो निर्णय फिर्ताको माग गर्नुभएको हो ।
‘संकटको बेला राज्य सबै नागरिकको रूपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय बिलकुल अनुचित छ,’ नेपालले विज्ञप्तिमा भनिएको छ ।
