नेकपा सांसदहरूले दसैँ तिहार भत्ता नलिने

Avatar photo
Dhadingpost
कार्तिक ३, २०७७

धादिङ कार्तिक ३ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले पाउँदै आएको दसैँ तिहारको भत्ता न लिने निर्णय गरेका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको छलफलपछि पार्टी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारको भत्ता नलिने निर्णय गरेको दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउनु भयो ।

नेता नेम्वाङका अनुसार बैठकले कोरोना माहामारी भएकाले भत्ता नलिने रनेकपाका सांसद सबैको भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने कोरोनाले सबै जनता त्रसित भएकाले सबै नेकपा सांसदले सादा सामान्य दसैँ मनाउने निर्णय गरेको हो ।