
काठमाडौं असोज २५ । पूर्व माओवादी केन्द्र नीकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।
प्रदेशसभामा पूर्वएमाले समूहबाट १९ जना र माओवादी समूहबाट १३ जना सांसद छन् । पूर्वमाओवादीका तर्फबाट शाही मुख्यमन्त्री भएपछि अध्यक्ष केपी ओली निकट नेता यामलाल कँडेलले उनलाई असहयोग गर्दै आएका थिए ।
ओली र प्रचण्डबीच बढेको टकरावको कम्पन कर्णालीमा पुगेको र ओलीले पार्टीभित्र पेलेर जाने रणनीति लयाएको सन्देश समेत गएको देखिन्छ ।
आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूले सबैभन्दा राम्रो काम गर्दापनि षड्यन्त्र भएको रआफूविरुद्ध आफ्नै पार्टीका साथीहरुले षड्यन्त्र गरेको प्रतिक्रिया दिनुभएको छ ।
